सरकार र विप्लव समूहबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर, प्रधानमन्त्रीले दिए विप्लवलाई बधाई


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित




फाइल तस्विर ।

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

सहमतीमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरे ।

उनले जनताले शान्ति खोजेको भन्दै सो आकांक्षा पुरा भएको पनि बताए ।

प्रधानमन्त्री ओलीले विप्लवको आन्दोलन फोर्स ल्याण्डिङ नभई सेफ ल्याण्डिङ भएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।