पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश समितिले संगठन विस्तारलाई तीव्र बनाउने, सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने तथा समसामयिक राजनीतिक विषयमा सरकारविरुद्ध जनजागरण कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
प्रदेश अध्यक्ष रोशन तामाङको अध्यक्षतामा सम्पन्न प्रदेश समितिको पहिलो पूर्ण बैठकले जिल्ला, पालिका र वडा तहसम्म संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी तीन महिनाको कार्ययोजना पारित गरेको हो। बैठकले अनुकूल जिल्लामा साउन महिनाभित्र युवा भेला सम्पन्न गर्ने, पालिका र वडा तहका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेशस्तरीय प्रशिक्षणमा जिल्ला र पालिका नेतृत्वको अनिवार्य सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको जनाएको छ।
संघले नेकपा एमालेको सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउन युवा परिचालन गर्ने तथा नयाँ सदस्य विस्तारलाई विशेष अभियानका रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ। साथै रक्तदान, वृक्षरोपण, विपद् व्यवस्थापनका लागि स्वयंसेवी टोली गठन र युवा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको युवा संघ गण्डकीका ईञ्चार्ज रतन तामाङले जानकारी दिए ।
बैठकले समसामयिक राजनीतिक विषयमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न विषयमा विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रेस विज्ञप्तिमार्फत संघले राजनीतिक प्रतिशोधका आधारमा गरिएको भनिएको पक्राउको विरोध, कर वृद्धिको निर्णय फिर्ता लिनुपर्ने, सुकुम्बासी व्यवस्थापन, युवामैत्री नीति, शिक्षा, स्वास्थ्य, विद्युत् तथा अत्यावश्यक वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिएको संघका गण्डकी अध्यक्ष रोसन तामाङले बताए ।
त्यसैगरी विद्युतीय सवारीमा कर वृद्धि, सामाजिक सञ्जालसम्बन्धी नीतिलगायत विषयमा समेत संघले असहमति जनाउँदै सरकारलाई लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र संविधानको भावना अनुरूप अघि बढ्न आग्रह गरेको छ। बैठकका निर्णय कार्यान्वयनका लागि जिल्ला तथा पालिका समितिलाई आवश्यक निर्देशनसमेत दिइएको संघले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन ४ जेनजी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो । भ्रष्टाचार,…





