नेपालगञ्जमा पुर्वराजा वीरेन्द्रसहित ६ जनाको शालिक अनावरण


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८३ मा प्रकाशित




नेपालगञ्जमा जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ऐतिहासिक शालिकको अनावरण गरिएको छ ।

गत भदौं २३ र २४ को आन्दोलनका क्रममा तोडफोड भएका स्व पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसँगै स्व गणेशमान सिंह, बिपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा सहिद सेतु विकका शालिक पुनर्निर्माण पछि अनावरण गरिएको हो ।पुर्वराजा वीरेन्द्रको शालिक भने २० वर्षपछि पुनः स्थापना गरिएको छ । दोस्रो जनआन्दोलनको बेला धम्बोजी चोकमा रहेको शालिक आन्दोलनकारीले हटाएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकामा शनिबार एकैदिन छ वटा शालिक अनावरण गरिएको बताईएको छ ।स्व पूर्वप्रधानमन्त्री कोइरालाका बाहेक अन्य पाँच वटा शालिक निर्माणमा करिब रु २५ लाख खर्च भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।