पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा आधारभुत तहमा अध्ययन गर्ने बालबालिकाका अभिभावकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा बालबालिकाोे सिकाई र त्यसमा अभिभावकले निर्वाह गर्नुपर्ने भुमिकाको विषयमा प्रशिक्षण दिईएको आधारभुत तहका इन्चार्ज गोविन्द शर्मा पौडेलले जानकारी दिए । कार्यक्रममा इनोभेसन ईन एजुकेशनका महाप्रवन्धक एवं प्रशिक्षक पिताम्बर न्यौपानेले शिशु कक्षाबाट नै बालबालिकाको अध्ययनस्तर विकास गर्नुपर्नेमा जोड दिए । उनले अर्थपुर्ण रुपमा पठन सीपको विकास गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए । अर्का प्रशिक्षक विजय तामाङले बालबालिकाको मनोविज्ञान बुझेर गरिने शैक्षिक क्रियाकलापले मात्रै उपलब्धि हासिल हुने बताए ।उनले विद्यालयमा मात्र नभई घरमा पनि असल शैक्षिक अभ्यास हुनुपर्नेमा जोड दिए । सोही विद्यालयका शिक्षक संगीता शर्माले विद्यालयमा गरिने असल अभ्यास मात्र नभई अभिभावकको असल व्यवहारले पनि विद्यार्थीको शिक्षामा सुधार ल्याउन सकिने बताईन् ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शिवप्रसाद सापकोटाले विद्यालयले गरेका साना बालबालिका केन्द्रित असल अभ्यासको बारेमा जानकारी दिएका थिए । उनले बालबालिकामा सानै देखि सिर्जनात्मक क्षमताका लागि अभिभावकको दायित्व पनि प्रमुख हुने बताए ।सहभागी अभिभावकले बालबालिकाको ईच्छा र चाहानालाई बुझ्न प्रशिक्षणले सघाउ पुर्याएको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य मुनहरी आचार्य,सृष्टि पुन, आधारभुत तहका इन्चार्ज गोविन्द शर्मा पौडेललगायतले पढाईको स्तर र पठनसीपका बारेमा चर्चा गरेका थिए ।
विद्यालयमा कक्षा २ देखि ४ सम्म अध्ययनरत विद्यार्थीका करिब ३ सय जना अभिभावक सहभागी कार्यक्रमको संचालन शिक्षक विष्णुमाया गौतमले गरेकी थिईन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखराका वरिष्ठ शिक्षाविद् तथा रसायनशास्त्रका अध्यापक डा. झपिन्द्र अधिकारी टप्स…





