नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकताको लागि संस्थापन पक्ष गम्भिर नभएको निष्कर्ष निकालेको छ ।
उक्त समुहले शनिबार चुनदेवीको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै, संस्थापन पक्ष जिम्मेवार नभएकाले आफुहरु राष्ट्रिय भेला गर्न बाध्य भएको स्पष्ट पारेको छ । यही साउन २९ देखि ३१ गतेसम्म काठमाण्डौंमा इतर समुहले भेलाको आयोजना गरेको छ । भेला सम्पन्न गर्न पुर्व महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरिएको छ । भेलालाई थप व्यवस्थित गर्न उक्त समिति र भेलाका लागि आवश्यक विभिन्न १६ वटा बिषयगत उपसमितिको पनि घोषणा गरिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए। सङ्घीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ।
पत्रकार सम्मेलनमा नेता डा. कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आयोजना गर्न लागिएको बताए।उनले पार्टी एकताको आफूहरूले अनवरत प्रयास गर्दा पनि असफल भएको स्पष्ट पारे।पत्रकार सम्मेलनमा नेता डा. शेखर कोईराला भने अनुपस्थिीत रहेका थिए ।यसअघि नै इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित…





