नेपाली कांग्रेसभित्र सक्रिय भएका दुई समुहलाई मिलाउन युवा नेताले सक्रियता बढाएका छन् ।
पार्टी नै विभाजनको डिलमा पुगेको भन्दै,सभापति गगन थापा र संस्थापनइतरलाई एकजुट बनाउने उद्देश्य स्वरुप उनीहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् । आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी युवा नेताहरुले अभियान मार्फत पार्टी एकताका लागि दबाब दिने बताएका छ् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको अगुवाईमा अभियानले यही साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने निर्णय गरेको जानकारी दिईएको छ । पार्टीभित्रको आन्तरिक द्वन्दले देशभरका संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको नेता नैनसिंह महरले बताए ।
अभियानले जारी गरेको वक्तव्यमा देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको अवस्थामा लोकतान्त्रिक पार्टीभित्र यस्तो अवस्था आउनु गलत हुने उल्लेख गरिएको छ । कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र प्रतिगामी शक्तिहरुको हाबी हुन सक्नेतर्फ उनीहरुले ध्यानाकर्षण गराएका छन् । सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको तर्फ अभियानले शीषृ नेताको ध्यानाकर्षण गराएको छ । भेलामा पार्टी एकतालाई संस्थागत बनाउन कार्ययोजना सार्वजनिक गरिने नेताहरूले बताएका छन् ।
कांग्रेसको संस्थापन इतर समुहले भने यही साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेलाको आयोजना गरेको छ । उसले भेला सम्पन्न गर्न पुर्व महामन्त्री डा. शशांक कोईरालाको संयोजकत्वमा आयोजक समिति पनि गठन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज…





