खानेपानी र एनआइसिबीच मैत्रीपूर्ण फुटसल


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०७७ मा प्रकाशित




पोखरा । नेपाल खानेपानी संस्थान र एनआइसि एसिया बैंकमा कार्यरत कर्मचारीबीचका भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा एनआईसी एशिया विजयी भएको छ ।

पोखरामा शनिबार भएको मैत्रीपूर्ण खेलमा एनआईसि एसिया टोलीले नेपाल खानेपानी संस्थानलाई ५–० गोलले पराजित गरेको हो ।

एनआईसीको जितमा सगुन पौडेलले २, नरबहादुर गुरुङ, आमुश राईले र मिलन क्षेत्रीले एक–एक गोल गरेका थिए ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको अगुवाईमा भएको मैत्री पूर्ण फुटसल प्रतियोगितामा खानेपानी संस्थानका बिक्रम बरुवाल र एनआइसि एसिया न्युरोड शाखाका नरबहादुर गुरुङको कप्तानीमा खेल सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।