पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ ।
प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीका ममता खत्री, आयुषा गुरुङ, राज अधिकारी, निरज कुमालको समूह प्रथम भएका हुन् ।
मर्निङ ग्लोरी एकेडेमी स्कूलका सुषान तिवारी, स्मृति अधिकारी, रचित सापकोट र आयुषा गिरीको समूह द्वितीय भए ।
कास्की मोडनाइज्ड एकेडेमीका विज्ञान गुरुङ, सेरोन गुरुङ, सोहन सुवेदी र कृष्टीना सापकोटाको समूह तृतीय भए भने अञ्जुली वोर्डिङ स्कूलका मिनष पुन, प्रमिस अधिकारी, प्रेजन अधिकारी र सन्तोषी ढकाल सान्त्वना भए ।
विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेल, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, प्रथम उपाध्यक्ष शिवदत्त तिवारी, द्वितीय उपाध्यक्ष केशवशरण पौडेल, कार्यक्रम संयोजक राजु कायस्थ सदस्य सञ्जय पौडेलले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
नेशनल प्याव्सनमा आवद्ध ३१ विद्यालय सहभागिता रहेको उक्त प्रतियोगिता दुई दिन सम्म चलेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







