image description
पोखरा । पोखरा–१३, आर्वा विजयपुर पोखरीगाउँस्थित विजय आधारभूत विद्यालयमा आज क्यान्सर सचेतना एवं निःशुल्क स्वास्थ्य शिविर हुँदैछ।
दिदी बहिनी एकता फाउन्डेसन नेपालको आयोजनामा तथा मौजा विजयपुर समाज, यूकेको सहयोग र चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा–८को सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो।
आज २३ साउन २०८३, शनिबार आयोजना हुने शिविरमा स्थानीयवासीलाई क्यान्सरसम्बन्धी सचेतना प्रदान गर्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने आयोजकले जनाएको छ।
शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन तथा क्यान्सरको जोखिम, लक्षण, रोकथाम र समयमै उपचारका विषयमा आवश्यक जानकारी लिन आयोजकले स्थानीयवासीलाई आग्रह गरेको छ।
फाउन्डेसनकी अध्यक्ष पुनम गुरुङका अनुसार समुदायस्तरमै स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१३, आर्वा विजयपुर पोखरीगाउँस्थित विजय आधारभूत विद्यालयमा आज क्यान्सर सचेतना…






