श्रीबृद्धि सहकारीद्वारा सदस्यहरुलाई सम्मान


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर–१० रामघाटमा रहेको श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले विभिन्न विधामा उत्कृष्ट ठहरिएका शेयर सदस्यहरुलाई शनिबार सम्मान गरेको हो ।
पोखरा–११ काहुँडाडाँमा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । पोखरा ११ काहुँडाँडामा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा प्रथम स्थान हासिल गर्न सफल विनिता शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सिनेटर सदस्यमा मनोनित नवराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको निर्देशकमा पदोन्नति भएका कृष्ण तिमिल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष मीनबहादुर गुरुङले खादा र माला लगाएर उनीहरुलाई सम्मानसहित शुभकामना व्यक्त गरे । उनले शेयर सदस्यहरुको सफलता संस्थाको सफलता भएको बताउँदै सदस्यहरुको आगामी दिनमा थप प्रगतिको कामना गरे ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्वतमान उपकुलपति प्रा डा बुद्धि बहादुर थापा, जनप्रतिनिधि निशा मल्ल ठकुरी, पूर्णिमा विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उदयकान्त तिवारी लगायत सहभागी थिए ।
कार्यक्रममा बनभोज सहित विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । मनोरञ्जनात्मक कार्यक्रममा विजेताहरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।