कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ।
प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलामा खड्कालाई ७ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहेका खड्का २० बर्षदेखि पत्रकारितामा सक्रिय छन्। पत्रकार खड्का हाल कान्तिपुर दैनिकसँग आवद्ध छन्।
प्रेस संगठन नेपालका सह–इञ्चार्ज ओम शर्मा, गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतम, नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सहिद मदन केसीका भाई तथा प्रदेश सांसद बिनोद केसीले पुरस्कार प्रदान गरेका हुन्।
वि.स २०७२ मा चलचित्र भिमदत्तको बिशेष प्रर्दशनी गरेर तत्कालीन क्रान्तिकारी पत्रकार संघले ७५ हजार रुपैयाँ राशीको कोष स्थापना गरेको थियो। कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत भएका दाजु मदनको स्मृतिमा २ वर्षअघि २५ हजार रुपैयाँ सहयोग गरेका थिए।
भेला तथा पुरस्कार बितरण समारोहमा केसीले थप २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए। अक्षयकोषको ब्याजबाट प्रत्येक २ वर्षमा म्याग्दीमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिने प्रेस संगठन म्याग्दीका अध्यक्ष कमल खत्रीले बताए।
सोही भेलाले खत्री संयोजक र लोकनाथ (भुषाल) घायलश्री सह–संयोजक रहेको १७ सदस्यीय प्रेस संगठन नेपालको जिल्ला संगठन कमिटि गठन गरेको छ।
भेलालाई सम्बोधन गर्दै सह–इञ्चार्ज शर्माले मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







