नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ ।
उनको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलिका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिएको छ । श्रेष्ठको पार्थिव शरिर भोलि शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने भएको छ । उनका श्रीमती, एक छोरी र दुई छोरा छन् । विसं १९९२ साउनमा जन्मिएका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उनले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गरेका थिए । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली साहित्यका प्रखर सर्जक तथा जनकवि दुर्गालाल श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।
जनकवि श्रेष्ठको निधनप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत शोक व्यक्त गर्दै ओलीले काव्य कला क्षेत्रमा उनले पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे…







