पोखरामा आयोजना भएको रक्तदान कार्यक्रमबाट १ सय ७ युनिट रगत संकलन भएको छ ।
कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको अवसरमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ,कास्की र कलम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना कार्यक्रम गरिएको थियो । कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्काले कार्यक्रम संयोजक रमेशराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेकी थिइन् ।
सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोहरी सापकोटाको अध्यक्षता भएको कार्यक्रममा कलम सहकारीका पुर्व अध्यक्ष,सल्लाहकार तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका सल्लाहकार सभापति ऋषिराम भण्डारी, पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठी, कलम सहकारी तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका सल्लाहकार ज्ञान बहादुर कार्की, सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन पोखरेल,प्रादेशिक रक्त संन्चारका ईन्चार्ज अर्जुन ज्ञवाली, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संयोजक रमेशराज बरालले स्वागत, पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका अध्यक्ष गोबिन्द गौतमले धन्यवाद र सहकारीका सचिव लाल प्रसाद पाठकले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजना भएको रक्तदान कार्यक्रमबाट १ सय ७ युनिट रगत संकलन भएको…





