सन्देश श्रेष्ठ
पोखरा, भदौ ११
पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भोटेकोशी बाढी पीडितका लागि आर्थिक सहयोग गर्ने भएका छन् । महानगरका सबै जनप्रतिनिधि र कर्मचारीहरुको तर्फबाट बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा संयुक्त रुपमा ४५ लाख प्रदान गर्ने निर्णय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । ‘विपद्को कठीन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले सहयोग रकम प्रदान गर्न लागेका हौं’–उनले भने ।
पोखरा महानगरपालिकाले भोटेकोशी बाढी पीडितको उद्धार तथा उपचारका लागि नगर प्रहरी स्वास्थ्यकर्मीसमेत परिचालन गरेको जनाएको छ । महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यका अनुसार विपद् तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो । बाढी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा सहयोग पु¥याउन टोली परिचालन गरेका छौं,उनले भने,‘परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्नेछ ।’
यसैबीच, गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले पनि प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा ५ लाख प्रदान गरेका छन् । गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका थापाले विहीबार कोषमा रकम जम्मा गरेको उनको सचिवालयले जनाएको छ । उनले आफ्नो तलव, भत्ताबाट प्राप्त रकमबाट सो सहयोग गरेको बताएका छन् । ‘जनताको दुःखमा साथ दिनु मेरो कर्तव्य हो । राहत साँच्चिकै आवश्यकता भएका नागरिकसम्म पुगोस भन्ने उद्देश्यले आफ्नो पारिश्रमिक सहयोग गरेको हुँ’उनले भने ।
राहत कोषमा विभिन्न संघसंस्था र व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे…







