पोखराको लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजले रसुवाका बाढी पिडितको लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।अध्यक्ष भण्डारीले विपत्तिमा गरिएको सहयोग रकम ठूलो नभए पनि देशलाई दुःख परेको समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता र सद्भाव प्रकट गर्ने संस्थाको सानो प्रयास भएको बताए । भण्डारीका अनुसार संस्थाले बिगत २८ बर्षदेखि निरन्तर रुपमा संचालन गर्दै आएको लामाचौर तीज मेला पनि स्थगित गरेको छ । देशमा उत्पन्न विषम परिस्थितीलाई मध्यनजर गर्दै यस पटकको २८ औं संस्करणको तीज महोत्सव स्थगित गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
महोत्सव स्थगित गरी संस्थाले भोटेकोशी बाढीपिडितका लागि मंगलबार देखि राहत संकलन अभियान सुरु गरेको जनाईएको छ ।यही भदौं १८ गतेसम्म जारी रहने अभियान अन्र्तगत लामाचौर चोकमा खाद्यान्न, लत्ता कपडा र अन्य अत्यावश्यक सामाग्री संकलन गरिने छ । सचिव शोभा बानियाँले विपद्मा परेकालाई सहयोग गरौं, मानवताको कार्यमा हातेमालो गरौं भन्ने सन्देशसहित आफुहरुले अभियान नै संचालन गरेको बताईन् । आफुले जे सकिन्छ त्यही तर प्रयोगमा आउन मिल्ने बस्तु मात्र सहयोग गर्न आव्हान गरिएको छ ।अभियानलाई संस्थाका बिभिन्न देशमा रहेका भातृ संस्था र एल सि ब्रदर्श युनाइटेडले पनि सघाएका छन् ।
पोखरामा अग्रणी सामाजिक संस्थाको पहिचान बनाएको समाजले विविध सामाजिक कार्यक्रमसहित एम्बुलेन्स तथा शववाहन सेवा संचालन गर्दै आईरहेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत…







