भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई रोटरी क्लब अफ पोखरा न्यूरोडले राहत वितरण गरेको छ ।
पिडित परिवारको पीडामा साथ दिने उद्देश्यले क्लबले रोटरियन सदस्य तथा परिवारलाई सहयोग संकलन गर्न आव्हान गरेको थियो । त्यसबाट संकलित रकमबाट सामान खरिद गरेर नुवाकोटको त्रिशूली बजारका १०० जना बाढी प्रभावित परिवारका लागि आवश्यक आधारभूत खाद्यान्न, जिन्सी र लत्ता कपडा वितरण गरिएको अध्यक्ष रोटेरियन राजकुमार गुरुङले जानकारी दिए । रोटेरियनहरूको टोली शनिबार प्रभावित क्षेत्रमा पुगेर उक्त राहत सामग्री पीडित परिवारलाई प्रत्यक्ष हस्तान्तरण गरेको थियो। परियोजना संयोजक रोटेरियन अब्राहम खानको समन्वयमा स्थानीय व्यक्ति तथा सम्बन्धित पक्षसँग आवश्यक सहकार्य गरी राहत सामग्री वास्तविक प्रभावित परिवारसम्म पुर्याइएको क्लबले जनाएको छ ।
राहत वितरणका लागि धादिङ रोटरी क्लबका पूर्वअध्यक्ष रोटेरियन अशोककुमार बस्नेतको समन्वयमा क्लबका अध्यक्ष गुरुङ, पूर्वअध्यक्ष रोटेरियन प्रेमप्रसाद शर्मा तथा कोष संकलन संयोजक रोटेरियन धनञ्जय सिंह डेभिड पुगेका थिए । यस मानवीय प्रयासले विपद्को समयमा प्रभावित परिवारलाई केही राहत र आशा प्रदान गरेको क्लबले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदिप प्रधानाङ्गको जित सुनिश्चित भएको छ ।…





