स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ।
नगरपालिकाले ३९ सूचक पूरा गरेपछि बालमैत्री नगर घोषणा गरिएको हो।
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बालमैत्री नगर घोषणा गर्दै बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले हिंसा तथा अन्यायको अन्त्य हुने बताए। उनले बालबालिकाको शिक्षा स्वास्थ्य राज्यले जिम्मा लिनुपर्नेमा जोड दिए।
भीरकोट नगरपालिकाले ३९ सूचकमध्ये २० वटा १०० प्रतिशत र १९ ओटा ९९.६७ प्रतिशत नतिजा हासिल गरेको नगरप्रमुख छायाराम खनालले जानकारी दिए। नेपालभरिका नगरपालिकामध्ये भीरकोट सातौँ, गण्डकी प्रदेशमा दोस्रो र स्याङ्जामा पहिलो बालमैत्री नगर घोषित भएको हो।
बालमैत्री नगर घोषणाका लागि भीरकोटले २०७५ पुस ९ देखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै आएको थियो।
वडा तथा नगरस्तरीय बाल सञ्जालको गठन गर्ने, विद्यालय तथा सार्वजिकस्थलमा बालमैत्री संरचना तयार गर्ने जस्तो कार्यमा नगर अगाडि बढेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







