१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते पोखरा लेडी जेसीजले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ।
पोखरा उपमहानगर पालिका वडा नं. ४ का वडाध्यक्ष शंकर बास्तोला, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा, पोखरा लेडी जेसीजकी पूर्व अध्यक्ष मिनु कुँवर श्रेष्ठले महिलाहरुलाई ‘कोभिडले पारेको असर, त्यसका चुनौति र वर्तमान अवस्था’ बारे बोलेका थिए।
मनोसामाजिक स्वास्थ्य विभाग प्रमुख प्रेमनाथ भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टंक खनाल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष इन्दिरा शर्मा, कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवाल, जिल्ला प्रहरी कार्यालय कास्कीकी समीक्षा रेग्मी, बौद्धिक अपाङ प्रदेश सदस्य प्रमिला श्रेष्ठ, विभिन्न आमा समूहहरुका अध्यक्षलगायत अन्य संघसंस्थाको प्रतिनिधिहरुले आफ्नो भनाई राखेका थिए।
पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी कमला शर्मा (बिनिता)को सभापतित्वमा ‘नेतृत्वमा नारी, कोभिडको संसारमा समान भविष्यको प्राप्ति’ भन्ने अन्तर्राष्ट्रिय प्रकरणमा कार्यक्रम आयोजना गरिएको हो।
पोखरा लेडी जेसीजको मुख्य कर्पाेरेट पार्टनर रहेको एशियन थाई फुड्स प्रालि, सह–पार्टनर स्नोमेन वाइनरि प्रालि, कंगारु एजुकेशन फाउन्डेसन प्रालि, होटल दीप सागर लगायत सहभागीहरुलाई अध्यक्ष कमला (बिनिता )ले धन्यवाद मन्तव्य राखेकी थिइन्। दीपा पौडेलको संयोजकत्वमा भएको कार्यक्रम सुमित्रा कोइरालाले संचालन गरेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







