भोटेकोशी बाढी पीडितलाई बुहारी समूह तेर्सापट्टीको ७८ हजार सहयोग


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०८३ मा प्रकाशित




पोखरा, भदौ २५

बुहारी समूह तेर्सापट्टीले भोटेकोशी बाढी पीडितका लागि ७८ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेको छ । भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरसम्मका नागरिक प्रभावित भएपछि उनीहरुको उद्धार तथा राहतका लागि बुहारी समूह तेर्सापट्टीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।

सहयोग रकम सानो भए पनि बाढी पीडितको परिवारमा केहि आशा र राहत मिलोस् भन्ने उद्धेश्यले आफूहरुले सहयोग गरेको समूहकी अध्यक्ष नीलम उदासले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।