पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा तीज पर्वको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आयोजित प्रतियोगितामा विभिन्न कक्षा तथा समूहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।चार तहमा गरी बिभिन्न २५ वटा समुहले मौलिक तीज गीत प्रस्तुत गरेको अतिरिक्त क्रियाकलाप बिभागका संयोजक राजु बयलकोटीले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले आफैँ गीत गाउने र आफैँले बाद्यबादनको संयोजन समेत गरेका थिए । आजै भएको राइम्स प्रतियोगितामा कक्षा एल.के.जी. प्रथम, आधारभूत जुनियरमा कक्षा १ देखि ४ तर्फबाट कक्षा २ ‘क’ मा अध्ययनरत आयान्स मगरको समूह प्रथम, कक्षा २ ‘ख’ बाट सनम बरालीको समूह द्वितीय र कक्षा ३ बाट मेलिना खड्काको समूहले तृतीय स्थान प्राप्त गरेका थिए ।
यसैगरी कक्षा ५ देखि ७ सम्म सिनियर आधारभूत तर्फबाट कक्षा ७ मा अध्ययनरत छात्राहरु अदिती तिमिल्सिनाको समूह प्रथम र मा.वि तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्राहरु अंकिता पौडेलको समूहले प्रथम स्थान प्राप्त गरेका छन् । उत्कृष्ट विद्यार्थीलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ र गण्डकी प्रज्ञा प्रतिण्ठानका प्रज्ञा सदस्य सोनु जोजिजूले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा बोल्दै प्राचार्य श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने मात्र नभई नेपाली मौलिक कला तथा संस्कृतिको बारेमा ज्ञान हासिल हुने बताए ।
विद्यार्थीको प्रस्तुतीलाई प्रज्ञा सदस्य सोनु जोजिजू र नृत्य शिक्षक रन्जु बयलकोटीले मुल्यांङ्कन गरेका थिए । कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटी र सञ्चालन विद्यालय प्रमुख माया क्षेत्रीले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २६ पोखरामा भोलि ५ बामपन्थी दलका नेताहरु एउटै मञ्चमा…





