रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला र ५१९ वटा आंशिक अङ्ग छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि हालसम्म चार हजार ८९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा दुई हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला छन् । बाढीमा परी घाइते भएका नौ हजार २८७ जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डिएनए’ नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ ।
“फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ । पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ”, प्रवक्ता काफ्लेले भने । प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट एक हजार २८६ र बेपत्ता व्यक्तिका आफन्तबाट एक हजार ८८९ डिएनए नमुना सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए । यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल तीन हजार ४४० जना रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका आठ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । शिक्षण अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाईँले अस्पतालमा उपचारका लागि ल्याएका ८३ घाइते मध्ये हाल आठको उपचार भइरहेको जानकारी दिए । अस्पतालमा ल्याइएका घाइतेमध्ये आज बिहानसम्म ६९ जना उपचारपछि फर्किभएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की जिल्ला अदालतका न्यायधिश हिमलाल बेल्बासे उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्…





