पोखरा । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्जीवनी दिदिबहिनी केन्द्रले ३ महिलालाई सम्मान गरेको छ ।
नारी दिवसको अवसरमा समाजमा महत्वपूर्ण योगदान दिने केन्द्रका आजीवन सदस्यहरु किरण गुरुङ, गिलमाया गुरुङ र नानु गुरुङलाई केन्द्रले सम्मान गरेको हो । सो अवसरमा अक्षयकोषदाता लालकाजी गुरुङलाई पनि सम्मान गरिएको थियो ।
सम्मानितहरुलाई तमु धीँ नेपालका संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ, केन्द्रका अध्यक्ष वीना गुरुङलगायतले दोषल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए ।
सो अवसरमा केन्द्रले आर्थिक अवस्था कमजोर भएकी युनिया वि.क.लाई नगद ५ हजार सहयोग गरेको थियो । केन्द्रले वि.क.लाई उच्च शिक्षा अध्ययनमासमेत सहयोग गरिरहेको जनाइको छ ।
वि.क. रिजनल कलेज पोखरामा ३ वर्षे रेडियोलोजी पढीरहेकी छिन् । केन्द्रकी युके विभाग संयोजक जयन्ती गुरुङको अग्रसरतामा संकलन गरिएको २ लाख रुपैंया वि.क.को अध्ययनमा खर्च गरिने पनि अध्यक्ष गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा एभरेस्ट मिडिया प्रालिकी अध्यक्षसमेत रहेकी तमु धीँ नेपालकी अध्यक्ष कर्मकुमारी गुरुङले नारी र पुरुषको बीचमा भेदभाव हुन नहुने र समानता कायम हुनुपर्ने बताइन् । सञ्जीवनी दिदिबहिनी केन्द्रले विशुद्ध नारी हकहितको काम गरेकाले प्रशंसा गर्दै उनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरिन् ।
कार्यक्रममा विशेष अतिथि रहेकी तारा शर्माले नारी दिवसको पृष्ठभूमि र सान्दर्भिकताको चर्चा गरेकी थिइन् ।
सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सुष्मा पौडेलले नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नारी र पुरुष समान हुनुपर्ने धारणा राखेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







