पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि शंकरप्रसाद बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन्।
यही असोज १० गते कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका छ। उम्मेदवारी घोषणा गर्दै बास्तोलाले आफ्नो राजनीतिक यात्रा पदका लागि मात्र नभई पार्टी र संगठनप्रतिको निरन्तर जिम्मेवारी र प्रतिबद्धताको यात्रा भएको बताए।
वडा तहदेखि नेपाली कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका बास्तोलाले पार्टीको १३औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका–४ को वडाध्यक्षसमेत भइसकेका छन्।
त्यसैगरी, १४औँ महाधिवेशनमा बास्तोलाले गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।
बास्तोलाले अग्रजहरूको अनुभव, त्याग र योगदानलाई सम्मान गर्दै युवा पुस्ताको जोश, ऊर्जा र नवीन सोचलाई पार्टीसँग जोड्ने बताए। संगठनलाई थप सुदृढ, एकताबद्ध र समयअनुकूल बनाउने अभियानमा आफू निरन्तर लागिरहेको उनले बताए।
‘संगठनलाई थप सुदृढ, एकताबद्ध र समयअनुकूल बनाउने अभियानमा म निरन्तर लागेको छु। अझै पनि सक्रिय रहेर देश र नेपाली कांग्रेसका लागि काम गर्नेछु,’ बास्तोलाले भने।
महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि बढाउने निर्णय गरेको जनाउँदै उनले अग्रज, साथीभाइ, शुभेच्छुक तथा क्षेत्रीय प्रतिनिधिहरूको माया, सद्भाव र विश्वासका लागि अपिल गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ…






