कास्की जिल्लामा कार्यरत गैरसरकारी संस्थाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
दुई दिनसम्म जिल्ला समन्वय समिति, कास्कीमा भएको समिक्षामा संस्थाका कार्य र भावी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो । कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति, कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरू थप प्रभावकारी , व्यबस्थित र थप परिणाममुखी बनाउन समिक्षा सहयोगी भएको उल्लेख गरे । उनले देखिएका कमिकमजोरी सुधारेर थप परिमार्जन र परिष्कारमुलक कार्यमा अगाडि बढ्न सुझाव दिएका छन् । आफू निर्वाचित भएदेखि नै सरकारी एवम् गैरसरकारी संस्था सहित सामाजिक संस्थाहरूको समेत पारदर्शीता ,जबाफदेहिता र उत्तरदायीत्वमा जोड दिदै आएको स्मरण गर्दै नियामक निकाय स्थानिय तहहरू समेत थप क्रीयाशिल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ, कास्कीका अध्यक्ष इन्दिरा पौडेल , नागरिक समाजका अगुवा राम बहादुर पौडेल ,पोखरा महानगर पालिकाका बाल कल्याण अधिकारी बेल कुमारी गुरुङ सहितले गैरसरकारी संस्थाका बिबिध पक्षका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा शुक्रवार असहाय बाल उपकार संघ , आइ एन एफ नेपाल हरियो खर्क अस्पताल , लिबर्ड ,रेन्बो चिल्ड्रेन होम,कर्मा फ्लाइट ,गोनेशा ,नेपाल हाउस कास्की ,समन्वय नेपाल बाल गृह ,सृजना बिकास केन्द्र ,सिबिन नेपाल सहितले समिक्षा प्रस्तुत गरेको सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।
जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा…







