सन्दर्भः पोखरा महानगर स्थापना दिवस, आज सार्वजनिक बिदा, त्रिदिवसीय कार्यक्रमसहित दिवस मनाइदैँ

- स्थापना दिवसमा बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम, त्रिदिवसीय कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीवीच फुटबल तथा महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

आज फागुन २६ गते, पोखरा महानगरपालिका स्थापना दिवस मनाइँदैछ ।

पोखरा उपमहागनरपालिकाबाट महानगरपालिका घोषणा भएको पाँच वर्ष पूरा भएको छ।

२०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो। फागुन २७ गते शिवरात्री परेकाले पोखरा महानगरले २६ गते दिवस मनाउन लागेको हो।

उपमहानगरबाट महानगर घोषणा भएको महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा आज (बुधबार) सार्वजनिक बिदा घोषणा गरेको छ।

महानगरपालिकाले एक सूचना प्रकाशित गरी मातहतका सबै कार्यालयहरु बुधबार बन्द रहने जनाएको छ।

फागुन १९ गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार फागुन २६ गते महागनरपालिका कार्यालय मातहतका कार्यालयहरुमा बिदा दिने निर्णय गरेको हो।

पोखरा महानगरपालिकाले पाँचौ स्थापना दिवस बुधबार प्रभातफेरी, सम्मान लगायतका कार्यक्रम गरी मनाउने भएपछि बिदा घोषणा गरेको हो। कर्मचारीहरु बिहान ८ बजे पोखरा महानगरपालिकाबाट सुरु हुने प्रभावफेरी र औपचारिक कार्यक्रम भने सहभागी हुनुपर्ने छ भने कार्यालयहरु बन्द रहनेछन्।

महागनरले स्थापना दिवस त्रिदिवसीय कार्यक्रम आयोजना गरेको छ। सोमबार जनप्रतिनिधि र कर्मचारीवीच फुटबल प्रतियोगिता आयोजना गरेको थियो भने मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीवीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ

वक्तृत्वकलामा पूर्णकला पहिलो

स्थापना दिवसको अवसरमा महानगरपालिका सामाजिक विकास महाशाखाले आयोजना गरेको ‘लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भूमिका’ विषयक वक्तृत्वकता प्रतियोगिता पूर्णकला गुरुङ पहिलो भएकी छन्। उनी वडा नम्बर ३ की बासिन्दा हुन्। प्रतियोगितामा पोखरा २४ की सीता तिमिल्सिना दोस्रो, पोखरा ३० की मिना सिग्देल तेस्रोा र पोखरा–१ की राधा बरालले सान्त्वना स्थान प्राप्त गरिन्।

प्रथम पूर्णकलाले १५ हजार, सीताले १२ हजार, मिनाले ९ हजार र र राधाले ४ हजारसहित प्रमाणपत्र प्राप्त गरे। विजेता सबैलाई पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा फागुन २८ गते आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिने महानगरले जनाएको छ। प्रतियोगितामा ३२ जनाले प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै, कार्यक्रममा सहभागी आमा समूह, टोलविकास संस्था तथा सहकारीहरुबाट पोखरा–१३ को श्री ज्योति बचत तथा ऋण सहकारी संस्था प्रथम भएको छ। पोखरा–१५ को जनशक्ति टोल सुधार आमा समुह दोस्रो, पोखरा–८ को प्रगति आमा समुह तेस्रोा र प्रतिभा टोलविकास संस्था पोखरा–१४ ले शान्त्वना स्थान प्राप्त गरेका छन्। पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थाना प्राप्त गर्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रममा पोखरा महानगरका १७ वटा समुहले सहभागीता जनाएका थिए ।

प्रतियोगिताको निर्णायकमा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, इन्सेकका क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेल, अधिवक्ता जानुका शर्मा र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापामगर थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।