गण्डकी प्रदेश र कास्कीमा एमालेको बोर्ड राखियो


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश र कास्की जिल्लामा नेकपा एमालेको बोर्ड राखिएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि गण्डकी प्रदेशको पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको हो।

यसअघि, नेपाल कम्युनिस्ट पार्टी नेकपाको बोर्ड रहेकोमा त्यसलाई हटाएर एमालेको बोर्ड राखेको हो। नेकपा एमालेका कार्यकर्ताहरुले मंगलबार बोर्ड फेरेका हुन् । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको थियो ।

नेकपाको जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेको हो। नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, प्रदेश सभा सदस्य राजिव पहारी लगायत एमाले नेता कार्यकताले बोर्ड राखेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।