पोखरा १३ आर्वामा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाका अवसरमा ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरीक कृष्णप्रसाद सिग्देलसहितका व्यक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सहकारीका पुर्व व्यवस्थापक रमा अधिकारी,असल कारोबारी तर्फ नवराज बराल, सकुन्तला चौधरी, लिलाकुमारी शर्मा, चन्द्रकला खत्री र प्रविण खत्री छन् । त्यस्तै कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उतीर्ण हुने शेयर सदस्यका छोरा र छोरी मध्येबाट यसवर्ष खुशीहरि घिमिरे, बन्दना कुईकेल, मन्दिपा बराल, सोमिता बराल, सुनिक्षा सुवेदी तथा मन्दिप दहाललाई पुरस्कृत गरिएको सचिव घनश्याम बरालले जानकारी दिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहकारीका जेष्ठ सदस्य कृष्णप्रसाद बराल र अध्यक्ष सूर्यप्रसाद बरालले सम्मान र पुरस्कृत गरे ।
यसअघि सभाको उद्घाटन गर्दै सहकारीका जेष्ठ सदस्य बरालले बहुसंख्यक आर्वालीहरुको लगानीमा सञ्चालित आदर्श सहकारी सुरक्षित, शेयर सदस्य मैत्री तथा सामाजिक क्षेत्रमा पनि अब्बल रहेको बताए । कार्यक्रममा विशेष अतिथि संस्थापक अध्यक्ष कृष्णप्रसाद बराल, निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद बराल,सल्लाहकार रामशरण बराल तथा पूर्व उपाध्यक्ष कोपीला बराल लगायतले सहकारी समस्या ग्रस्त नरहेको भन्दै सहकारी ऐन, निति नियम कार्यविधिमा रहेर सञ्चालन भएका कारण ढुक्क भएर ब्यवसाय सञ्चालन गर्न आव्हान गरे । सहकारीका अध्यक्ष सूर्यप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन, सचिव घनश्याम बरालको प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्रीप्रसाद बराल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज बरालद्वारा प्रस्तुत गरिएको लेखा प्रतिवेदन पारित गरिएको छ ।
साधारण सभाले सहकारीमा रिक्त रहेको लेखा सुपरिवेक्षण समितिको संयोजकमा बिष्णुप्रसाद बराल तथा सदस्यमा सुदर्शन बराललाई समेत नियुक्त गरेको बताईएको छ । शिक्षा उपसमितिका संयोजक विनमबन्धु बरालले सात सिद्धान्त वाचन गरेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी सुवेदी बरालले स्वागत तथा सचिव घनश्याम बरालले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका…







