सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
पक्राउ पुर्जिबिनै गएराती घरबाटै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गर्नुको कारण नै नखुलाई छाडिएको हो ।जबरालाई दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।स्रोतका अनुसार राति उनलाई पक्राउ गर्ने प्रहरी कमाण्डरले आफ्नै गाडीमा राखेर घर पुर्याएका हुन् । पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा खतरा देखिएकाले उनको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षा खतराको विषय उठेपछि उहाँलाई सुरक्षा दिएर राखिएको जानकारी दिए ।
“उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ, केही सुरक्षा खतराको कुरा आयो । प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ”, खड्काले भने, “उहाँले आफूलाई निवासमा सहज हुने भन्नुभएकाले अब उहाँलाई घरमै सुरक्षा प्रदान गर्छौं ।” सुरक्षा खतरा ठहर भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ ।यसअघि जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएको थिएन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका…







