मनाङमा हिमपहिरोमा परि मृत्यु हुनेको संख्या ४ पुग्यो, १२ जना अझै सम्पर्कविहीन


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०८३ मा प्रकाशित




मनाङमा आइतबार गएको हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

हिम पहिरोमा हराइरहेकामध्ये थप दुई जनाको शव आज बिहान फेला परेसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो। नार्फाभूमि गाउँपालिका–५ हिमलुङ क्षेत्रमा खोजतलासको क्रमममा थप दुई जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ। आइतबार बिहान हिमलुङ बेसक्याम्पमा हिम पहिरो जाँदा १४ जना बेपत्ता भएका थिए। जसमध्ये २ जनाको शव आज भेटिएको हो।आज गएको उद्धार टोलीले हिमपहिरो क्षेत्रमा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। छेवी भोटे र पासाङ भोटेको शव हिजै भेटिएको थियो। दुई जनाको शव हिजै सदरमुकाम चामे ल्याइएको थियो। उनीहरूको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेक्टर बिनोद बोहराले बताए ।

कैलाश हेलिकप्टरमार्फत शव काठमाडौँको त्रिवि शिक्षण अस्पताल लगिको हो । हिमपहिरोमा परि अझै १२ जना सम्पर्कविहीन रहेका स्थानीय प्रशासनले जनाएको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार हिमपहिरोपछि अझै १२ जना सम्पर्कविहीन छन् भने ११ जना सम्पर्कमा आएका छन् । बेस क्याम्प निर्माण, डोरी टाँग्नेसहितका कामका लागि गएका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन्।

संघले बेपत्ता रहेका अन्य १२ जना किचेन टोलीका सदस्यको खोजी कार्य निरन्तर भइरहेको जनाएको छ।घटनालगत्तै नेपाल राष्ट्रिय पर्वत गाइड संघले ८ जना दक्ष पर्वतारोही गाइड सम्मिलित विशेष खोज तथा उद्धार टोली परिचालन गरेको छ। हिम पहिरो नार्पाभूमि गाउँपालिका–५ मा गएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।