कास्कीमा कांग्रेसको क्षेत्रीय सभापतिसहितका पदमा निर्वाचन हुँदै, क्षेत्र नं. १ को क मा नरेन्द्र थापा निर्विरोध


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित




सर्वसम्मतको प्रयास असफल भएपछि कास्कीमा क्षेत्रीय सभापतिसहितका पद तथा महाधिवेशन प्रतिनिधी चयनका लागि अन्तत निर्वाचन नै हुने भएको छ ।

३ वटा क्षेत्र रहेको कास्कीमा सर्वसम्मत नेतृत्व चयन सफल नभएपछि निर्वाचनबाटै टुंगो लाग्ने भएको हो ।त्यसका लागि अहिले मतदान प्रक्रिया सुरु भएको छ । कास्कीको क्षेत्र नम्बर १ मा सभापतिका लागि सरोज केसी, ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठ चुनावी मैदानमा छन् ।क्षेत्र नं. १ क को प्रदेश सभा क्षेत्रीय सभापतिमा नरेन्द्र थापा ‘नरेन’ भने सर्वसम्मत भएका छन्। पोखरा महानगरपालिका–२६ का वडाध्यक्षसमेत रहेका थापा क्षेत्रीय सभापतिका आकांक्षी थिए । तर अन्तिम समयमा आएर उनले नेतृत्वको दौडबाट पछि हटेर उमेद्वारी फिर्ता लिएका थिए ।

त्यस लगत्तै क्षेत्र नं. १ क को प्रदेश सभा क्षेत्रीय सभापतिमा उमेद्वारी दर्ता गरेका उनी निर्विरोध चयन भए ।लामो समयदेखि नेपाली कांग्रेस तथा नेपाल तरुण दलको सांगठनिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। क्षेत्र नं.१ को ख मा यमबहादुर गुरुङ र अर्जुन गुरुङबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर २ मा ४ जनाबिच प्रतिस्पर्धा हुनेछ । क्षेत्रीय सभापतिका लागि देवकृष्ण पराजुली, देवराज आचार्य, नवीन बराल र सुवास सिग्देलको उम्मेद्वारी परेको छ । कास्की २ को क मा मा भोजराज आचार्य र अर्जुन पोख्रेलको उम्मेद्वारी परेको छ । २ को ख मा पोखरा १६ का वडाध्यक्ष समेत रहेर्का अमृत शर्मा तिमिल्सिना र दिपेन्द्र मर्सानी बिच चुनावी प्रतिपस्र्धा हुने जनाईएको छ ।यस क्षेत्रमा सुवर्ण केसी र शिवराज देवकोटाले पनि उमेद्वारी दिने घोषणा गरेका थिए । अन्तिम समयमा उनीहरु प्रतिस्पर्धाबाट बाहिरिए पछि मर्सानी र तिमिल्सीनाबिच प्रतिस्पर्धा हुन लागेको हो ।

त्यस्तै कास्कीको क्षेत्र नम्बर ३ मा प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक समेत रहेका प्रकाश बराल र विष्णुबहादुर क्षेत्रीको उम्मेदवारी परेको छ । यस क्षेत्रको प्रदेश सभा क तर्फ मेखबहादुर तामाङ र शिव तिमिल्सिनाको उम्मेदवारी रहेको छ भने ३ को ख मा विजय गुरुङ र लक्ष्मी पौडेलबिच प्रतिस्पर्धा हुने कांग्रेस स्रोतले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।