कास्की प्रहरीले “अप्रेशन ३६५” अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्र्तगत हालसम्म ८८२ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गराउने तथा समाजमा अराजक क्रियाकलापमा संलग्न व्यक्ति तथा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरीले जनाएको छ । अभियान अन्र्तगत गएराती पोखराका बिभिन्न स्थानबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिईएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट खट्टिएको प्रहरी टोलीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने थप ११ वटा सवारी साधनहरु नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढार्इएको जनाएको छ । । प्रहरीले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले तालचोक क्षेत्रबाट ७ थान, वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाईड, राष्ट्रबैंकचोक क्षेत्रबाट १ थान मोटरसाइकल नियन्त्रणमा लिएको हो।
त्यस्तै वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले नदिपुर क्षेत्रबाट १ थान, रामबजारबाट खटिएको टोलीले अम्मरसिंहचोक क्षेत्रबाट २ थान मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिईएका सवारी साधनलाई आवश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले “अप्रेशन ३६५” अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्र्तगत हालसम्म…







