अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो ।
लमजुङको बेँसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरु थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिएको बताए । असोज ८ देखि ११ गतेसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा पर्यटक आवागमन बन्द भएको थियो । अक्टोबरदेखि नोभेम्बरसम्म पर्यटकले साहसिक पदयात्रा गर्ने उपयुक्त स्थान थोरङला पासनै हो ।
मनाङ–मुस्ताङ अन्नपूर्ण चक्रीय पदमार्गमा बर्सेनि पाँच महिना मात्रै पर्यटकीय पदयात्रा हुने गर्छ । विश्वकै प्रख्यात पदमार्गको रुपमा स्थापित राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पदमार्ग विदेशी पर्यटक साहसिक पदयात्रा गर्न रुचाउँछन् । मनाङबाट थोरङला पासको यात्रा गर्दै मुस्ताङ आउन पदयात्रामा कुनै समस्या नहुने मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा…







