पोखरा । महाशिवरात्रीको अवसरमा शिवसेना नेपाल पोखराले एकदिने धार्मिक तथा सांस्कृतिक महोत्सव गर्ने भएको छ । महाशिवरात्रीको दिन अर्थात् २७ गते बिहीबार पोखराको बागलुङ बसपार्कमा उक्त महोत्सव गर्न लागिएको शिवसेना नेपाल कास्कीका अध्यक्ष प्रदिप खड्गीले जानकारी दिए ।
बिहान ११ बजे उद्घाटन हुने उक्त कार्यक्रममा विभिन्न भेषभुषासहितको मौलिक नृत्य, शिव ताण्डव, लाखे नाँच प्रदर्शन गरिनुका साथै आमा समूहद्वारा भजनकीर्तन पनि गरिने उनले जानकारी दिए । साथै राष्ट्रिय गितहरुको सांगीतिक प्रस्तुतीसँगै हेलीकप्टरबाट पुष्पवृष्टि समेत गरिने आयोजकले जनाएको छ ।
साँझ ६ बजे विशाल शिवधुनी पुजन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा उपस्थित भक्तालुजनलाई साँझ साढे ६ बजे प्रसाद वितरण गरिने छ । महोत्सव बेलुकी ८ बजेसम्म चल्नेछ । महाशिवरात्री शिवभक्तको लागि महत्वपूर्ण दिन भएको भन्दै अध्यक्ष खड्गीले आगामी वर्ष पनि यस्तै कार्यक्रम राखिने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







