सन्देश श्रेष्ठ
पोखरा, असोज २२
पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज २५ गते घटस्थापनाको दिनदेखि कात्तिक ३ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रमको २० औं श्रृंखला हुने भएको हो ।
दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन असोज २५ गते पोखरामा झाँकीसहित शोभायात्रा निकालि समितिले जनाएको छ । घटनास्थापनाको दिन आईतबार विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु भएको शोभायात्रा मोहरिया टोल, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुलहुँदै चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल, नालामुख, भैरवटोलहुँदै पुनः मन्दिरमै पुगेर समापन हुनेछ ।
मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । महायज्ञमा निर्भयानन्द गुरुले संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथा प्रस्तुत गर्ने तथा उपवाचकका रुमा अनुकुल ढकालले रहने उनले बताए ।
त्यसपछि दैनिक रुपमा महानवमीसम्मै श्रीमददेवी भागवतको कथा प्रस्तुत हुने उनले बताए । उनका अनुसार श्रीमददेवी भागवतको कथा पूर्वाह्न ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म भजनकिर्तनहुनेछ ।
मन्दिरमा विजया दशमीको नित्य पुजा विहान ४ बजेबाट शुरु हुने र विहान ५ बजेबाट दर्शनार्थीलाई दर्शनका लागि खुल्ला गरिने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
विन्ध्यबासिनी मन्दिरमा प¥यो भोटेकोशी बाढीको प्रभाव
विन्ध्यबासिनी मन्दिरमा भोटेकोशी बाढीको प्रभाव परेको छ । भोटेकोशीमा आएको बाढीले निम्त्याएको विपद्ले हजारौंले ज्यान गुमाउनुका साथै कयौं वेपत्ता तथा घाईते भएको, सोहि बाढीका कारण देशका विभिन्न क्षेत्रका सडक अबरुद्ध भएको तथा घटनाले राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा नकारात्मक सन्देश जाँदा मन्दिरमा दर्शनार्थीको संख्या घटेको अध्यक्ष श्रेष्ठले बताए । ‘दर्शनार्थी घट्दा मन्दिरको आम्दानीसमेत दुईतिहाईले घटेको छ’–उनले भने । उनका अनुसार मन्दिरमा दैनिक एक लाख आम्दानी हुने गरेकोमा भोटेकोशी बाढीपछि ३०÷३२ हजारमा घटेको छ । मन्दिरमा मासिक सरदर ३० लाख आम्दानी हुने गरेको र करीब २७ लाख खर्च हुने उनले जानकारी दिए । बाढीअघि मन्दिरमा २ हजारदेखि ३ हजार दर्शनार्थी पुग्ने गरेका थिए । कहिले ३ हजार पनि दर्शनार्थी आएको रेकर्ड छ,उनले भने,‘कहिले २ हजार मात्रै पनि आएको देखिन्छ । सरदरमा भन्दा २ हजार ५ सय जना मन्दिरमा आउने गरेका उनले स्पष्ट पारे । त्यसमध्य भारतीय पर्यटकको हिस्सा झण्डै आधा रहेको जनाइएको छ । दैनिक एक हजार भारतीय पर्यटक विन्ध्यबासिनमा आउँछन्,‘तेस्रो मुलुकका डेढ दुई सय जना आउँछन्, बाँकी स्वदेशी पर्यटक आउँछन् ।
मन्दिरबाट प्राप्त भएको आम्दानीमध्ये करीब २७ लाख खर्च हुने गरेको समितिले जनाएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आम्दानीको ठूलो हिस्सा विन्ध्यबासिनी प्राकृतिक चिकित्सालयमा खर्च हुन्छ । मन्दिरद्वारा सञ्चालित यस प्राकृतिक चिकित्सालयमा मासिक १५ लाख खर्चहुँदै आएको उनले बताए । त्यस्तै मन्दिरका पुजारी र कर्मचारीको तलबमा ६ लाख र गुरुकुलमा ६ लाख खर्चहुँदै आएको उनले बताए ।
मन्दिरले निकट भविष्यमा दर्शनार्थीको सुविधाका लागि अतिथि सदन सञ्चालन गर्ने तयारी गरिरहेको समितिका महासचिव सुशीला बराल रेग्मीले बताईन् । ‘त्यसका लागि तयारी चलिरहेको छ’–उनले भनिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल…







