पोखरा । नेकपा माओवादी केन्द्र कास्कीले शिवालयचोकस्थित कार्यलयमा आफ्नै साइन बोर्ड राखेको छ । पार्टीले बुधबार पार्टी कार्यालयमा उक्त बोर्ड राखेको हो ।
नेकपा एमालेसँग एकीकरण हुनुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोे पोखरा नगर कमिटीको कार्यालय बनाइएको सो कार्यलयमा नेकपाको बोर्ड हटाएर माओवादी केन्द्रको बोर्ड राखिएको हो ।
सो कार्यालय एकीकरण अघिपनि माओवादी केन्द्र कास्कीकै कार्यलय रहेको थियो ।
बोर्ड राख्ने क्रममा नेकपा माओवादी केन्द्र कास्की इञ्चार्ज राजकाजी गुरुङ ‘करण’, गण्डकी प्रदेश सांसद दीपक कोइराला, रामजी बराल ‘जीवन’, गायत्री गुरुङ, नेता बखानसिंह गुरुङ लगायत नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि देशैभर नेकपा माओवादी केन्द्र र नेकपा एमालेले साविकका पार्टी कार्यालयहरुमा आ–आफ्नो बोर्ड परिवर्त गरिरहेका छन् । यस अघि नेकपा एमालेले भने मंगलबारनै पार्टी कार्यालयमा बोर्ड परिवर्तन गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







