फाईल तस्विर
काठमाण्डौँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बैठक सुरु भएर शोक वक्तव्य पारित भएलगत्तै बैठक स्थगित भएको हो ।
शीर्ष नेताले सम्बोधन गर्ने भनी सभामुख अग्निप्रसाद सापकोटाले दलहरुसँग नाम पनि मागेका थिए । तर बुधबारको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेश पेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुबीच विवाद भएपछि शोक प्रस्तावमात्र पारित गरेर स्थगित भएको हो ।
प्रतिनिधि सभाको बैठक अब चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने छ ।
बैठक सुरु हुनु १५ मिनेट अगाडी नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै फर्किएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







