पोखरा महानगरले विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ।
उपमहानगरपालिकाबाट महानगरपालिका घोषणा भएको ५ वर्ष पूरा गरेको महानगरपालिकाले बुधबार महानगरले त्रिदिवसीय कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।
स्थापना दिवसको अवसरमा महानगरले बुधबार मुख्य कार्यालय एवं महानगर मातहतका कार्यलयहरु सार्वजनिक विदा गरेको थियो। बुधबार विहान महानगरपालिकाले प्रभातफेरी तथा सम्मान कार्याक्रम ग¥यो।
महानगर मुख्य कार्यालय न्यूरोडबाट पोखरा सभागृहसम्म प्रभातफेरी कार्यक्रम गरेको थियो। साथै, सभागृहमा आयोजना गरिएको औपचारिक कार्यक्रममा महानगरको स्थापना दिवसको अवसरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत ग¥यो।
स्थापना दिवसको अवसरमा महानगरले सोमबार पोखराको रंगशालामा जनप्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगिताको आयोजना गरेको थियो। त्यस्तै, मंगलबार महिला जनप्रतिनिधि र कर्मचारीबीच भलिबल तथा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो। स्थापना दिवसकै अवसरमा महानगरपालिका सामाजिक विकास महाशाखाले महानगरको वडास्तरीय ‘लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भूमिका’ विषयक वक्तृत्वकता प्रतियोगिता गरेको थियो।
एमाले व्युँतनु सुखद : मुख्यमन्त्री गुरुङ
प्रभातफेरिपछि आयोजित सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले व्युँतिनु सुखद भएको बताए । बलात्कारमा परेको पार्टीलाई अदालतको फैसलाले मुल प्रवाहमा ल्याईदिएको मुख्यमन्त्रीको भनाई थियो।
उनले अदालतको फैसलापछि नेकपा एमाओवादीका सांसद पनि एमालेकै भएको बताए । माओवादीका सांसदहरुले सूर्य चिन्हबाट चुनावमा जितेर आएकाले उनीहरु सबै एमालेकै सांसद भएको गुरुङको दावी छ ।
प्रधानमन्त्री केपी ओलीले विकासको लहर ल्याएको बताउँदै उनले यस सरकारलाई कसैले तलमाथि गर्न नसक्ने बताए । खुशी हुँदा मात्तिएर लड्डु खाइहाल्ने र दुखी हुँदा आत्तिएर झोक्राइहाल्ने स्वभाव एमालेको नभएको गुरुङको प्रतिक्रिया छ।
उनले जतिसुकै प्रपञ्च रचेपनि केपी ओलीलाई पराजित गर्ने अर्काे व्यक्ति राजनीतिमा नभएको उनले चर्चा गरे। सोही अवसरमा उनले पोखरा महानगरलाई बधाई एवं शुभकामना दिँदै प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको जनाए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







