मोडर्न इरा ट्राभल्स १९ औं बर्षमा प्रवेश, चालक तथा कर्मचारीलाई सम्मान


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०८३ मा प्रकाशित




मोर्डन इरा टुर्स एन्ड ट्राभल्स १९ औं बर्षमा प्रवेश गरेको छ । १९ औं बर्ष प्रबेशको अवसरमा कम्पनीले एक कार्यक्रमका बिच उत्कृष्ट सेवा गरेका कर्मचारी दाताराम उपाध्याय र बलराम लामिछाने र चालक , सहचालकलाई नगद पुरस्कार सहित सम्मान गरेको छ।

शनिबार आयोजित शुभकामना आदानप्रदानकार्यक्रममा बोल्दै प्रमुख अतिथि ,अग्रज यातायात व्यबसायी महेश शर्मा लामिछानेले यातायात क्षेत्रमा आफुले गरेको लगानी र प्राप्त सन्तुष्टिको बारेमा बताउँदै धैर्यतापुर्वक र अनुशासनमा रहेर कार्य गरेमा सफलता पाउन सकिने अनुभव सुनाएका थिए । २०३७ सालमा ५ हजार पुजीबाट सुरु गरेको व्यबसायले अहिले ५ दशकको अवधिमा आफू सन्तुष्ट रहेको बताए । आफ्नो समकालीन व्यावसायी मित्र स्वर्गीय द्रोणराज अधिकारीलाई गुमाउनु परेको भन्दै भावुक भएका लामिछानेले आफू ७५ बर्षको स्वस्थ जीवन बिताइरहदा साथीको अभावमा पिडाबोध भैरहने बताए ।

कम्पनीका अध्यक्ष केशव अधिकारीले आफू स्थापना कालदेखिनै अध्यक्ष रहेको र भारी बिसाउन वा काँध फेर्न समेत नपाएको अनुभव सुनाए । आफ्नो नेतृत्व कालमा मोर्डन इरा टुर्स एन्ड ट्राभल कम्पनीले ख्याती कमाउदै व्यबसायमा सफल भएको बताए । पोखरा दिल्ली सेवाको सफलता पछि यात्रुको माग बमोजिम काठमाडौ दिल्लीको सेवा सुरु गरिएको त्यसमा जगदम्बा कम्पनीसङ्ग सहकार्य गरिएको अध्यक्ष अधिकारीले बताए ।

कम्पनीका संस्थापक बोर्ड अफ डाइरेक्टर दामु अधिकारीले मोर्डन इरा ट्राभल्सको इतिहास देखि बर्तमानसम्मका उतारचढाव र प्राप्त उपलब्धिको बारेमा चर्चा गरेका थिए । पृथ्वी राजमार्ग बस सन्चालक कम्पनिका पुर्व अध्यक्ष योगेन्द्र केसीले लगानी सुरक्षाको सुनिश्चितता नभएपनि व्यावसायीले सुबिधासम्पन्न यातायात सेवामा साहसिक लगानी गरेको प्रती धन्यवाद दिएका थिए । पृथ्वीराजमार्ग बस सन्चालक कम्पनिका अध्यक्ष एन कुमार साइले मोडर्न इरा कम्पनीले विद्यार्थी र बिरामीको लागि महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।

अग्रज पत्रकार रामकृष्ण ज्ञवालीले यातायात व्यबसायीले पछिल्ला बर्षमा गरेको गुणस्तरीय सेवाले पुरानो समयमा लाग्दै आएको सिन्डिकेटको आरोपलाइ पन्छाएको बताए । अर्का बक्ता यातायात महासङका केन्द्रीय सचिब उमेश केसीले कम्पनिको सेवा र गुणस्तरमा आएको परिवर्तनबाट खुसी लागेको बताए। कम्पनीका सन्चालक अग्रज व्यवसायी गणेश शर्माको संयोजकत्वमा आयोजित कार्यक्रमको सञ्चालन इन्जिनियर सुबिधा शर्माले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।