स्याङ्जामा स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०८३ मा प्रकाशित




स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज दिउँसो राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार ग२६प १३५० नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । स्कुटरको पछाडि सवार मृतककी छोरी १६ वर्षीया गुञ्जन गुरुङ सकुसल छिन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको छ । दुर्घटना भएको स्थलमा प्रहरी पुगेसँगै सडक सञ्चालन भएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको सूचना अधिकारी अवस्थीले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।