पोखरा । पोखराका पर्यटन व्यवसायी टिकाराम सापकोटाले जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुका लागि खाजा सहयोग गरेका छन् ।
पोखराको अमरसिंहचोकस्थित अमरसिंह माध्यमिक विद्यालयमा अध्यनरत ३५ जना विद्यार्थीहरुलाई सापकोटाले खाजा सहयोग गरेका हुन् ।
जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नुभन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भएपनि फरक क्षमता भएका विद्यार्थीहरुलाई सहयोग गरेको नेपाल पर्यटन परिषद्का पूर्व अध्यक्ष समेत रहेका सापकोटाले बताए । जन्मदिनको अवसरमा केही न केही सहयोग गर्दै जाउँ भन्ने उद्देश्यले यस पटक सो विद्यालयमा आफू पुगेको उनले बताए ।
सापकोटाले अघिल्लो वर्ष जन्मदिनमा लेखनाथका चार जना फरक क्षमता भएकाहरुलाई ह्विल चेयर वितरण गरेको थिए ।
अमरसिंह माध्यमिक विद्यालयमा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले सापकोटाको सिको अरुले पनि गर्न पर्नेमा जोड दिए ।
सो विद्यालयमा कक्षा एकदेखि कक्षा १२ सम्म विभिन्न जिल्लाका ५३ जना दृष्टिविहिन विद्यार्थी अध्ययनरत छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







