सामुदायिक रेडियो प्रशारक संघ गण्डकी प्रदेश अध्यक्षमा गणेश श्रेष्ठ चयन


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०७७ मा प्रकाशित




सामुदायिक रेडियो प्रशारक संघ (अकोराव)को गण्डकी प्रदेश अध्यक्षमा गणेश श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा विहीबार सम्पन्न अकोरावको अधिवेशनले थ्री एञ्जल रेडियोका स्टेशन म्यानेजर श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अकोरावको अधिवेशनले गण्डकी प्रदेश उपाध्यक्षमा शीतल शर्मा, सचिवमा रोशन तिवारी, कोषाध्यक्षमा शेखर थापालाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा हरिशरण पण्डित, शिवकुमार श्रेष्ठ र घनश्याम गौतमलाई चयन गरेको छ ।

यसैबीच, अकोरावको केन्द्रीय अध्यक्षमा रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरीलाई निर्वाचित गरेको छ । उनी कपिलदेव खनाललाई १४७ मतको भारी अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष गिरीले १६१ मत प्राप्त गर्दा खनालले केवल १४ मत मात्र प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।