पोखरामा आजदेखि प्रथम विमल शेरचन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७७ मा प्रकाशित




प्रथम विमल शेरचन स्मृति नेपाल थकाली पुरुष डबल्स् खुल्ला व्याडमिन्टन प्रतियोगिता आज (शुक्रबार) देखि पोखरामा हुँदैछ ।

थकाली सेवा समिति पोखरा थासाङ युवा परिवारको थकाली युथ व्याडमिन्टन ग्रुपको आयोजनामा शुक्रबार पोखरा स्पोर्टस र व्याडमिन्टन क्लव सिरमुर हल मुस्ताङचोक, पोखरामा उक्त प्रतियोगिता हुने भएको ग्रुपका सचिव एवं प्रतियोगिता संयोजक श्याम शेरचन (सोल्टी) ले बताए।

प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, वुटवल, वेनी, बुर्तिवाङ, मुस्ताङलगायतबाट २२ टिमको सहभागिता हुने भएको संयोजक सोल्टीले बताए। प्रतियोगिताका विजेता टोलीलाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो हुने दुवै टोलीलाई जनही १०÷१० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको ग्रुपका अध्यक्ष अशोक शेरचनले बताए।

पोखराको ड्यामसाइडस्थित होटल मनोलिसाका संचालक एवं सामाजिक व्यक्तित्व थकाली समुदायको हकहितमा लामो समयदेखि लाग्दै आएका विमल शेरचनको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुन लागेको अध्यक्ष शेरचनले जनाए।

विमलका छोरा विजय शेरचनले उक्त प्रतियोगिताको लागि ५१ हजार रुपैया आर्थिक सहयोग गरेको ग्रुपले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।