कुडो पकाउन बालेको आगो गोठमा सल्कीँदा दुई बाख्रा मरे


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

बाग्लुङ । बाग्लुङमा भैंसीलाई कुँडो पकाउने क्रममा सल्केको आगोका कारण २ बाख्रा मर्नुका साथै ३ वटा बाख्रा गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान जिल्लाको गल्कोट नगरपालिका–४, पाखापानीका हिराबहादुर खत्रीले भैंसीलाई कुडो पकाउनका लागि बालेको आगो गोठमा सल्किँदा सो क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

खत्रीको ढुङ्गा माटोले बनेको कच्चि २ तले गोठमा लागेको आगो प्रहरी र स्थानियको सक्रियतामा नियन्त्रणमा आएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।