समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति चयन गरिएको हो । मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको समूहले जिल्ला अधिवेशन कार्तिक मसान्तसम्म सम्पन्न गर्ने समय तोकेको छ ।गण्डकीमा भने हालसम्म ४ जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।गण्डकी प्रदेशका उपसभापति एवं गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म ४ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ ।जस अनुसार कास्कीमा ऋषिराम काफ्ले,पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण),स्याङ्जामा इन्द्रबहादुर गोदार,म्याग्दीमा हिराबहादुर पुन जिल्ला सभापति चयन भईसकेका छन् ।
प्रदेश अधिवेशनअघि बाँकी जिल्लाको अधिवेशन पनि सम्पन्न गरिने उनले जानकारी दिए ।देउवा समूहले गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तयारी गरेको छ । अधिवेशन पोखराको न्युरोडस्थित पोखरा सभागृहमा हुनेछ । अधिवेशनको उद्घाटन पुर्व सभापति शेरबहादुर देउवाले गर्ने तय छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९…







