कास्की प्रहरीले संचालन गरेको ‘अपरेसन सभ्यता’ अभियान अन्र्तगत हालसम्म ९६ जनालाई कारबाही गरिएको छ ।
पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको अभियानमा हालसम्म ९० जना पुरुष र ६ जना महिला गरी जम्मा ९६ जनालाई कारवाहीको दायरमा ल्याईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्यटकलाई अनावश्यक दुःख दिने, झैझगडा गर्ने तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित अभियानले निकै प्रभावकारिता देखाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।उनका अनुसार विभिन्न कसुरमा २ सय १२ वटा सवारीसाधनलाई पनि कारबाही गरिएको छ । यसैबिच अभियान अन्र्तगत लेकसाईड क्षेत्रमा गएराती देखि आज बिहानसम्म गरिएको चेकजाँचका क्रममा थप १८ जना पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, होहल्ला गरी शान्ति भंग गर्ने र अनैतिक क्रियाकलापमा संलग्न १८ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये १७ जना मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र एकजना चोरीसम्बन्धी कसुरका आरोपी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले राति एक बजेदेखि बिहान पाँच बजेसम्म लेकसाइड क्षेत्रमा विशेष निगरानीसहित चेकजाँच गरेको थियो । त्यसक्रममा नियन्त्रणमा लिइएका ३८ वटा सवारीसाधनमध्ये २४ वटालाई मादक पदार्थ सेवनको कसुरमा कारबाही गरिएको छ। नौवटा सवारीसाधनलाई अन्य ट्राफिक नियम उल्लङ्घनमा जरिवाना गरिएको सूचना अधिकारी पासवानले जानकारी बताए ।
उनका अनुसार बाँकी पाँचवटा सवारीसाधनलाई वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान अगाडि बढाइएको छ। लेकसाइड क्षेत्रलाई मर्यादित, सुरक्षित र पर्यटकमैत्री बनाउन प्रहरीले यस अभियानलाई निरन्तरता दिइरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की प्रहरीले संचालन गरेको ‘अपरेसन सभ्यता’ अभियान अन्र्तगत हालसम्म ९६ जनालाई कारबाही…







