तस्बीरः एजेन्सी
मातृकेश्वर एकता भजन समुह हेम्जाले खुला भजन प्रतियोगिताको उपाधि जितेको छ।
महाशिवरात्री पर्वको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले आयोजना गरेको खुला भजन प्रतियोगिता उपाधि जित्दै मातृकेश्वरले नगद २५ हजार रुपैयाँ पुरस्कार समेत जित्यो।
त्यस्तै, प्रतियोगितामा भुलभुले बाराही भजन मण्डल शुक्लागण्डकी दोस्रो, आदर्श भजन समुह दुलेगौँडा तेस्रो र ब्राह्मण समाज अखण्ड कृतन भजन समुह भिमादले सान्त्वना स्थान हासिल गरेको शुक्लागण्डकी च्यवनधाम मन्दिर व्यवस्थापन समितिकी सहसचिव अस्मिता खनालले जानकारी दिईन् ।
दोस्रो भुलभुले बाराही भजन मण्डल शुक्लागण्डकीले १५ हजार, तेस्रो आदर्श भजन समुह दुलेगौँडाले १० हजार र शान्त्वना स्थान हासिल गरेको ब्राह्मण समाज अखण्ड कृतन भजन समुह भिमाद ५ हजार पुरस्कार जितेका छन्। प्रतियोगितामा ९ समूहले प्रतिस्पर्धा गरेको थियो।
प्रतियोगिताको निर्णायकमा लोक संगीतका अध्येता प्राडा कुशुमाखर न्यौपाने, अम्बिका भट्टराई र तेजेन्द्र दुरा थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







