छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुरमा, धार्मिक र राजनितिक भेटघाट गर्ने


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०८३ मा प्रकाशित




रास्वपा सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुर पुगेका छन्।पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका उनी स्थानीयको घरमा बसेर छठ मनाउने बताइएको छ।

शनिबार जनकपुर विमानस्थलमा पुगेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले जनकपुरधामको छठको प्रत्यक्ष साक्षी बन्न पाउँदा खुसी लागेको बताए ।विमानस्थलमा ओर्लिएलगत्तै उनलाई समर्थक तथा स्थानीयले गम्छा, सयपत्रीको माला र फूलको गुच्छासहित स्वागत गरेका थिए।बाक्लो सुरक्षा घेराबीच विमानस्थलबाहिर निस्किएका लामिछानेको स्वागतमा उपस्थित समर्थकले नाराबाजीसमेत गरेका थिए।तीन दिनसम्म मधेशमा रहने उनी छठको पूजा–आराधनामा सहभागी हुनुका साथै धार्मिक स्थलको भ्रमण र पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

आज दिनभर पार्टीका नेता तथा कार्यकर्तासँग सामूहिक भेटघाट र अन्तरक्रियामा सहभागी भएका लामिछाने साँझ छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुने छन् । आइतबार लामिछानेले जनकपुरधामका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका मठमन्दिरहरूको दर्शन गर्नेछन् ।दिउँसो जनकपुरधामको ऐतिहासिक गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा समेत उनी सहभागी हुनेछन् ।

भ्रमणको अन्तिम दिन सोमबार बिहान छठ घाटमा हुने पूजा–आराधना तथा अर्घ्य अर्पण कार्यक्रममा सहभागी हुने र त्यसपछि काठमाण्डौं प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेस प्रदेश कार्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।