पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट ७ जना व्यक्ति पक्राउ परेका छन् ।
कास्की प्रहरीले लेकसाइड क्षेत्रमा संचालन गरेको अपरेशन सभ्यता अभियानका क्रममा मादक पदार्थ सेवन गरी झै झगडा गर्ने ७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । राती १ बजेदेखि बिहान ५ बजेसम्म गरिएको चेकजाँचका क्रममा ७ जना पुरुषसहित १२ वटा सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाही गरिएको छ भने नियन्त्रणमा लिईएका मध्ये ९ वटा सवारी साधनलाई मापसे कारवाही गरिएको उनले बताए । ३ वटा सवारी साधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखेर थप अनुसन्धान गरिरहेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय, बैदामले जारी राखेको अभियानमा हालसम्म ८ महिलासहित १६७ जनालाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । लेकसाइड क्षेत्रमा झै झगडा गर्ने,पर्यटकलाई अनावश्यक हैरानी दिने तथा दुव्र्यवहार गर्ने र अनैतिक तथा अवाञ्छित गतिविधि गर्नेलाई प्रहरीले कारवाही गर्दै आईरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रतिनिधिसभाका…







