हरिबोधिनी एकादशी: पोखराका नारायण मन्दिर र सेती नदी किनारमा भक्तालुको भीड


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०८३ मा प्रकाशित




आज हरिबोधिनी एकादशी । यस दिन नदी वारपार फूलको माला अर्थात् तोरण टाँग्ने परम्परालाई ‘फूल तार्ने’ भनिन्छ ।

यस अवसरमा देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ।हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।यस दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । आजका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको विधिपूर्वक दामोदरसँग विवाह गरिन्छ ।तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ । त्यसपछि भगवान् विष्णुको प्रतीक दामोदरका रूपमा निगालो गाडेर तुलसीसँग विवाह गराउने चलन छ ।

हरिशयनी एकादशीका अवसरमा पोखरामा पनि नारायण मन्दिर तथा नदी किनारमा भक्तजनको भीड लागेको छ । पोखराको रामघाट, नारायणस्थान, तुलसीघाट, केआईसिंह पुल,भलाम जोड्ने सेतीपुल, गोस्तेघाट, लामाचौर हेमजा जोड्ने बाबियाँतरालगायतका क्षेत्रमा बाजागाजा र भजन किर्तनसहित फुलको डोली तार्ने गरिन्छ । पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला पनि आजदेखि सुरु भएको छ ।

गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।