अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गरी बालुवा ओसारपसार गर्ने तीनवटा टिप्परलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको सीआरभी लामाचौरबाट खटिएको प्रहरी टोलीले बिहिबार उक्त टिप्परहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पोखरा १९ अकलास्थित क्षेत्रबाट अवैध रूपमा बालुवा लोड गरी पोखरातर्फ आउँदै गरेका ग १ ख ९९८४, ग.प्र. ०१–००१ ख ०११८ र ग ००७३ नम्बरका ३ वटा टिप्परहरूलाई नियन्त्रणमा लिइएको थियो ।नियन्त्रणमा लिइएका तीनवटै टिप्परलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ ।
ती सवारी साधनलाई महानगरपालिकाले ७० हजार रुपैयाँ जरिवाना गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए । अवैध रूपमा हुने प्राकृतिक दोहनलाई नियन्त्रण गर्न कास्की प्रहरीले आफ्ना मातहतका निकाय मार्फत सवारी साधन नियन्त्रण अभियान संचालन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रतिनिधिसभाका…







